सरकारी कर्मचारीको तलब बढ्यो, कसको कति ? हेर्नुहोस्


 


काठमाडौं, जेठ १५
आगामी आर्थिक वर्ष २०७८ साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाउने घोषणा गरेको छ ।

शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबै कर्मचारीको दुई हजार तलब बढाएको घोषणा गरेका हुन् ।

मुख्य सचिव ६७ हजार १३६ रुपैयाँ
सचिव ६२ हजार ६७५ रुपैयाँ
सह सचिव ४९ हजार ३७७ रुपैयाँ
उपसचिव ४२ हजार ३७९ रुपैयाँ
अधिकृत ३७ हजार ९९० रुपैयाँ
नायब सुब्बा ३० हजार २ सय रुपैयाँ
खरिदार २८ हजार ६०४ रुपैयाँ
कार्यालय सहयोगी २४ हजार रुपैयाँ
नोट : यसमा ग्रेड र महंगी भत्ता समावेश गरिएको छैन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्