एमाले अध्यक्ष ओली आज चितवन जाँदै


 


काठमाडौं, मंसिर ९
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली १० औं राष्ट्रिय महाधिवेशनका लागि आज चितवन जाँदैछन् । ओली महाधिवेशन उद्घाटनको अघिल्लो दिन आज विहान ११ बजे भरतपुर जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ।

भरतपुर आएर ओली दिउँसो साढे १२ बजे एमाले निकटको नेपाल बुद्धिजीवि परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

प्रकाशित मिति: ९ मंसिर २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्