नक्कली परीक्षार्थी पक्राउ


 


काठमाडौँ, वैशाख १४ । काठमाडौँको ठूलो भ¥याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

आजबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शान्ति शिक्षा मन्दिर मावि ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा २३ वर्षीय आदेश परीक्षा दिन सो केन्द्र पुगेका हुन् ।

परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्