मन्त्रिपरिषद् बैठक : अब आइतबार पनि सार्वजनिक बिदा


 


काठमाडौं, चैत २४
अब आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदालाई सातामा दुई दिन दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकमा सार्वजनिक बिदालाई सातामा दुई दिन दिने विषयमा सहमति भएको हो । यस बिषयमा थप तयारी गरेर सार्वजनिक गरिने बताइएको छ ।

पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमले सातामा दुई दिन सार्वजनिक बिदा दिनु पर्ने प्रस्ताव गरेको थियो । त्यस्तै आर्थिक संकट गहिरिदै गएपछि सातामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैंकले समेत सुझाव दिएको थियो ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्