सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द


 


काठमाडौं, वैशाख २८
अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गरिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै नाका बन्द गरिएका हुन् ।

यस्तै मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था मिलाइएको छ ।

उम्मेदवार र अत्यावश्यक सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि सुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्न सख्त निषेध गरिएको छ।

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्