ब्राउन सुगरसहित भोजपुरबाट दुईजना पक्राउ


 


भोजपुर, साउन १०
भोजपुरमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

लुकाई छिपाई ल्याएको तीन सय मिलिग्राम ब्राउन सुगरसहित हतुवागढी गाउँपालिका-८ का ४३ वर्षीय भक्तबहादुर थापा र २५ वर्षीय सुमित राईलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनालाई धरानबाट भोजपुर घर फर्कने क्रममा हतुवागढी ९ हसनपुर गैरी गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रहरी चौकी हसनपुरबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध फेला परेको हो । उनीहरुविरुद्ध लागुऔषध ओसारपसार कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको भोजपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्