पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा किशोर पक्राउ


 


कञ्चनपुर, साउन १३
कञ्चनपुरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिबिर बस्ने १५ बर्षीय किशोर बिहीबार बिहान पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार किशोरले ती बालिकालाई ललाई फकाई आफ्नै घर कोठामा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्