एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने


 


काठमाडौं, साउन १५
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीले भदौ ११ र १२ गते पुनः परीक्षा दिन पाउने भएका छन् ।

सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई लक्षित गर्दै बोर्डले ग्रेड वृद्धि परीक्षा लिन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को परीक्षाफल बुधबार प्रकाशित गरेको थियो ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्