थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा असई निलम्बित



बाँके, साउन १६
थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बित भएका छन् ।

बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार गरेको आरोपमा चौलागाईं निलम्बन भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरेका हुन् । चौलागाईंविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

साउन ११ गते बहुविवाह गरेको अरोपमा थुनामा रहेकी महिलालाई हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका कोहलपुर इलाका प्रहरीका असई चौलागाईंले आफनो कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News