चिनियाँ राजदूत यान्छी भन्छिन् – ताइवान मुद्दामा नेपालले चीनको निरन्तर समर्थन गर्ने विश्वास छ


 


काठमाडौं, साउन १८
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी छिन् ।

होउले बुधबार बिहान अमेरिकाले ‘एक चीन नीति’ को गम्भीर उल्लंघन गरेको बताइन् ।

अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार बिहान एक टिप्पणी गर्दै राजदूत यान्छीले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै उक्त विश्वास व्यक्त गरेकी हुन् ।

चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको राजदूत यान्छीले बताइन् । राजदूत यान्छीले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर नेपालले समर्थन गर्ने विश्वास पनि व्यक्त गरेकी हुन् ।

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्