काठमाडौं महानगरको ३० दिने ‘अल्टिमेटम’ : व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नू



काठमाडौं, कार्तिक १
काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र दर्ता गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरपालिका राजस्व विभागले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न अनुरोध गरेको हो ।

दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो । महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिबानासमेत असुल गर्ने चेतावनी दिइएको छ ।

साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची–७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रूपमा लिइ व्यवसाय कर असुली गरिने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News