पाँच लाख धरौटीमा रिहा भए गायक रवि ओड


 


काठमाडौं । गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

वैवाहिक बलात्कारको मुद्दामा कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्