सुदूरपश्चिममा एकाबिहानै फेरि भूकम्पको धक्का


 


काठमाडौं । बिहीबार बिहान सुदूरपश्चिममा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

बाजुराको काँडा आसपास केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर १३ मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।

जिल्लाको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको छ ।

यसअघि खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर बुधबार बिहान गएको भूकम्पको धक्काले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्