लक्ष्मी महतो कोइरी मुद्धा : गृहमन्त्रीलाई प्रहरीले नटेरेकै हो ?


 


काठमाडौं, माघ ८
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या आरोपित व्यक्ति संसद्मै रहेको भन्दै नियमापत्ति जनाए ।

खतिवडाले महोत्तरी–१ बाट निर्वाचित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई लक्षित गरेर नियमापत्ति जनाएका थिए ।

सभामुखको निर्वाचन हुनुपूर्व अध्यक्षता गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग समय लिएर बोलेका खतिवडाले सो विषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई समेत कटाक्ष गरेका थिए ।

खतिवडाले संसद् बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए । उनले फरार रहेका मानिस संसद्मा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिए ।

‘फरार मानिस संसद्मा हुनुहुन्छ, पक्राउ गर्नुस् भन्नुभयो । गृह मन्त्रालय विधि र पद्धतिबाहिर एक कदम निस्कँदैन,’ गृहमन्त्री लामिछानेले भने, ‘यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ ।’ नागरिक दैनिकबाट

प्रकाशित मिति: ८ माघ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्