डेरीमा प्रहरीको छापा : सञ्चालकसहित चार पक्राउ, अखाद्य वस्तु बरामद


 


रौतहट, माघ १८
रौतहटको गौर नगरपालिका-५ मा रहेको फूलतारा डेरी उद्योग रौतहटमा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले उद्योगमा मंगलबार छापा मारेको हो ।

टोलीले भैंसीलगायत पशुको बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाउन तयार पारिएको अखाद्य वस्तुहरू बरामद गरेको छ ।

डेरीका सञ्चालक राजपुर नगरपालिका-१ भगवानपुर का महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सञ्चालक मतिउल्लाहसहित त्यहाँ कार्यरत अन्य दुई जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: १८ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्