बिहीबार घट्यो सुनको मूल्य, चाँदीको बढ्यो


 


काठमाडौं, चैत्र १६
बिहीबार सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीनसय रूपैयाँले घटेको हो।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार दुईसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ७ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार कायम थियो।

चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले बढेको छ। चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार २ सय ७५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: १६ चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्