सुनको मूल्य आज ह्वात्तै बढ्यो


 


काठमाडौं, वैशाख २८ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा दुई हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँ बढ्दै प्रतितोला एक हजार सात सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्