सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, चैत्र २२
नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत चैत ५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रुपैयाँ बढी हो। चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४४० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्