महिला भलिबलको उपाधि विजेता


 



‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि उचाल्दै आमचोक गाउँपालिका भोजपुरका खेलाडी । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा आइतबार भएको फाइनल खेलमा केपिसगढी गाउँपालिका बाक्सिला खोटाङलाई हराँउदै आमचोक गाउँपालिका भोजपुरले रु दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तस्बिरः केदार मगर/रासस

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्