सुनकाे मूल्य स्थिर, चाँदीकाे घट्याे


 


काठमाडौं, वैशाख ५
नेपाली बजारमा आज (मंगलबार) सुनकाे स्थिर रहेको छ । भने चाँदीको भाउ घटेकाे छ । छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेकाे छ । चाँदी आज प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्