सुनको मूल्य बढ्यो, चाँदीको मूल्य दोस्रो दिन पनि स्थिर


 


काठमाडाैं, वैशाख ८
शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलामा एक लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज दोस्रो दिन पनि स्थिर रहेको छ । यसदिन चाँदीको मूल्य तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य बुधबारदेखि स्थिर अवस्थामा छ ।

प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्