उदयपुर सिमेन्ट उद्योगको साधारण सभा बस्दै, यस्ता छन् एजेण्डा


 


उदयपुर, बैशाख ८
उदयपुर सिमेन्ट उद्योगको ३५ औं वार्षिक साधारण सभा बस्न लागेको छ । उद्योग सञ्चालक समितिको बैठकको निर्णय अनुसार यही बैशाख २९ गते साधारण सभा बस्न लागेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मञ्त्रालय सिंहदरबारमा हुन लागेको साधारण सभामा विभिन्न प्रस्तावहरु माथि छलफल र निर्णय हुने बताइएको छ ।

साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने तयारी छ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखा परीक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन गर्ने तथा आर्थिक वर्ष २०७९/८० का लागि लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने पनि प्रस्ताव रहेको छ ।

त्यस्तै कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार पव्लिक कम्पनीको खुद सम्पत्ति (नेट वर्थ) को जानकारी गराउने लगायतका प्रस्तावहरु रहेको कम्पनीका सदस्य सचिव समेत रहनु भएका महाप्रबन्धक न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्