तुलसी सहकारीले सेवा नियमित गर्ने


 


दमक, वैशाख १३
तुलसी बहुमुखी सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीले दमकमा आफ्नो सेवा नियमित गर्ने भएका छन् ।

मुलुकमा भएको आर्थिक मन्दीको मारमा परेको तुलसी र शिव शिखर समूहले बचतकर्ताहरूको लगानी शतप्रतिशत सुरक्षित गर्ने गरी काम अघि बढाउने भएको हो ।

तुलसी सहकारी र बचतकर्ताहरूबीच बैशाख १० गते बचतकर्ताहरूको रकम सुरक्षित तबरले फिर्ता गर्ने र सहकारीको काम सुचारु बनाउनेबारे सम्झौता भएको हो ।

दमक नगरपालिकाको कार्यालयमा भएको सम्झौतामा दमकका प्रमुख राम थापासमेतको उपस्थित र हस्ताक्षार छ । साथै दमक उद्योग वाणिज्य महासंघ र स्थानीय प्रशासनको रोहबरमा तुलसी सहकारीले सुरक्षित ढंगले आफ्नो सेवा संचालन गर्ने र उसका प्रतिनिधिलाई निर्वाध ढंगले कामकाज गर्ने दिने सहमति बनेको छ ।

केही समयअघि आर्थिक मन्दीका कारण तुलसी सहकारीमा बित्तीय समस्या देखिएको थियो । सहकारीसँग भौतिक पूर्वाधार र लगानी गरेर पर्याप्त पुँजी भएकै अवस्थामा पनि राष्ट्रिय अर्थतन्त्र चलायमान नहुँदाको असर यसमा परेको थियो । तर अब सहकारीले गति लिएको छ । दमकपछि अन्य शाखाहरूमा देखिएका समस्या केही साताभित्रै सुल्झाउने सहकारीले जनाएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्