घट्यो सुनको मूल्य


 


काठमाडौं, वैशाख १४
नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

तेजाबी सुनको मूल्य तोलामा एक लाख ९ हजार १०० रुपैयाँ तोकिएको छ । बुधबार एक लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । चाँदी तोलामा एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नयाँ वर्ष सुरु भएपछि वैशाख प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो केही दिनदेखि घट्दै आएको छ । वैशाख ६ गते प्रतितोला एक लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १४ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्