पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आयो, नेपालमा मूल्य घट्ला ?


 


काठमाडौं, वैशाख १८
भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रुपैयाँभन्दा धेरै घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेर आएको छ।

अन्तराष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य प्रति ब्यारल ७५ डलरमा कारोबार भइरहेको छ। त्यसैले नयाँ मूल्यसूची अनुसार तेलको मूल्य घटेर आएको निगमले जनाएको छ।

स्रोतका अनुसार निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १० रुपैयाँ र डिजेल लिटरमा ६ रुपैयाँ नाफा रहने छ। मूल्य घटबढ नभएमा आगामी १५ दिनमा निगमलाई लगभग डेढ अर्ब रुपैयाँ नाफा हुनेछ।

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्