जेठ महिनामा निक्षेपको ब्याजदर नघट्ने


 


काठमाडौं । बैंकरहरुले जेठमा ब्याजदर नघटाउने भएका छन्। नेपाल बैंकर्स संघको आज (बिहिबार) बसेको बैठकले निक्षेप निरुत्साहित हुने भएकाले बैशाख महिनाको निक्षेपको ब्याजदर जेठमा कायम राख्ने निर्णय गरेको हो ।

गत वर्ष चैतको अन्तिम साता बसेको बैंकर्स संघको बैठकले निक्षेपको ब्याजदर ११ प्रतिशतबाट १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेको थियो । सोहि ब्याजदरलाई कायम राख्ने निर्णय गरिएको संघले जनाएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्