दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार


 


काठमाडौं, जेठ २ । दार्चुलामा यार्सागुम्बा सङ्कलन गर्ने क्रममा चट्याङ लागेर घाइते भएका तीन जनाको चार दिनपछि उद्धार गरिएको छ ।

उनीहरुको बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । उनका अनुसार उनीहरुलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ ।

घटना पछि उद्धारका लागि सुर्खेतबाट हिजो नेपाली सेनाको हेलिकप्टर गएपनि खराब मौसमका कारण सदरमुकाम खलङ्गामै थन्किएको थियो । मौसम खुलेसँगै उनीहरुको बिहान उद्धार गरिएको हो ।

गएको शनिवार बेलुका व्यास गाउँपालिकाको हुमदुम्तीमा यार्सा सङ्कलन गर्न गएका दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, त्यहीँ गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उहाँकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्