कांग्रेसले अबदेखि एक्लै चुनाव लड्नुपर्छ : शेखर कोइराला


 


काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले आगामी दिनमा हुने हरेक चनावमा एक्लै लड्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक बिचार समाजको २५ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै समानुपातिक प्रणालीलाई पनि हटाउनुपर्ने धारणा राखे ।

नेता कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरु सुध्रिनुको विकल्प नरहेको बताए ।

कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने समेत बताए ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्