गोली हानेर अभियुक्त पक्राउ, पेस्तोल र लागूऔषध बरामद


 


पर्सा, वैशाख १७ । वीरगंज महानगरपालिका–१६ भुटानदेवीबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम र गाँजा ८ सय ८० ग्रामसहित भारत विहार पूर्वी चम्पारण रक्सौल बस्ने ४५ वर्षीय बब्लु पासवान भन्ने गणेश कुमारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंज बजारतर्फ आउँदै गरेको बिआर ०५ एएल ६१३९ नम्बरको
मोटरसाइकललाई रोक्न खोज्दा उक्त स्थानमा नरोकी भाग्न खोजेकोले नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली फायर गर्दा चालक पासवान घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा गणेश कुमारले २०७३ जेठ १३ गते बारा महागढीमाई नगरपालिका–१ पसाहा पुल नजिक वीरगंज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको, २०७९ असोज ३ गते काठमाडौं गोठाटारस्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको, भारतमा रही पर्सा लगायत तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने, साना हतियार तथा लागूऔषधको कारोवार गर्ने गरेको, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको, उद्योग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको समेत खुल्न आएको छ ।

यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्