माग पूरा गर्न नाउपाद्वारा सरकारलाई तीन दिनको ‘अल्टिमेटम’, नत्र सरकार छाड्ने


 


काठमाडौं, जेठ ३ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्ना माग पूरा गर्न सरकारलाई तीन दिनको अल्टिमेटम दिएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नाउपाका नेता लक्ष्मण थारुले सरकारले तीन दिनभित्र माग पूरा नगरे सरकार छाड्ने चेतावनी दिए ।

उनले सरकारले टीकापुर घटनाको मुद्दालाई राजनीतिक रुपमा व्याख्या नगरेको भन्दै अब सरकारले आफ्ना मागहरु सरकारले पूरा गर्नुपर्ने बताए । ‘तीन दिनभित्र हाम्रो माग सुनुवाइ भएन भने हामी सरकारको सहभागिताबारे सोच्न बाध्य हुनेछौं’ उनले भने । उनले सरकारलाई बुझाएको लाल आयोग, देवीलाल शर्माको प्रतिवेदन सरकारले किन सार्वजनिक नगरेर रोकेको भन्दै प्रश्न गरे ।

उनले रेशम चौधरीले थारुहरुको अधिकारका लागि लडेकाले उनी निर्दोष भएको बताए । उनले आफूहरुको अबको आन्दोलन शान्तिपूर्ण हुने बताए । यसको विरोधमा नागरिक उन्मुक्तिले तीनदिन भित्र माग पूरा नभए जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो । वि.सं. २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको मंगलबारको इजलासले मुद्दामा सुनुवाइ गर्दै चौधरीलाई जन्मकैदको फैसला गरेको हो ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्