सभामुखले सरकारी गाडी चलाउन सिक्दा ठोक्कियो


 


रुपन्देही, जेठ ३ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बुटवल रामनगरस्थित सरकारी निवासमा प्रदेश सभाको गाडी चलाउन सिक्दा ठोक्किएर दुर्घटनामा परेको छ ।

यसरी गाडी ठोक्किँदा निवासमा रहेको पर्खाल भत्किएको छ भने पिकअप भ्यान कुच्चिएको छ । सचिवालयले गाडी ठोक्किएको र सामान्य क्षति भएको स्वीकार गरेको छ । तर सचिवालयले भने गाडी सभामुखले चलाएको कुरा भने अस्वीकार गरेको छ । स्रोतका अनुुसार गाडी सभामुख घर्तीले नै चलाएको पाइएको छ ।

लु १ झ ४५२ नम्बरको महेन्द्र टाटा स्कारपियो गाडी अहिले बुटवलकै बेलवासमा रहेको भैरव अटोमा मर्मतका लागि लगिएको छ । डेढ महिनाअघि पनि सभामुख सचिवालयकै लु १ झ ४४७ नम्बरको गाडी सिक्दा ठोक्किएको थियो ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्