लागूऔषध गाँजासहित ४ जना पक्राउ


 


काठमाडौं, जेठ ३ । लागूऔषध गाँजासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले हेटौडा जाँदै गरेको बसमा लुकाएको १३ केजी ५ सय ग्राम लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ८ का ३४ वर्षीय राजकुमार भने चन्द्रबहादुर मोक्तान, झापाको मेची नगरपालिका ६ का ४६ वर्षीय शंकर दाहाल, ३४ वर्षीय विनोदकुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका ८ का २४ वर्षीय अर्जुन गौतम रहेका छन् ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्