नीति तथा कार्यक्रम राष्ट्रपतिले नै प्रस्तुत गर्ने, संसदलाई पठाइयो पत्र


 


काठमाडौं, जेठ ३ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति प्रतिनिधिसभा बैठकमा उपस्थित भएर नीति तथा कार्यक्रम आफै वाचन गर्ने संसद्‍ सचिवालयले जनाएको छ ।

बुधबार राष्ट्रपति कार्यालयबाट संसद्‍ सचिवालयमा पठाइएको पत्रमा राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य समस्याका कारण नीति तथा कार्यक्रम प्रधानमन्त्री वा उपराष्ट्रपति कसले वाचन गर्ने भन्नेमा अन्योल थियो ।

प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ । संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रपतिले प्रस्तुत गर्न नसकेको खण्डमा भने उपराष्ट्रपतिले वाचन गर्नुपर्ने आवाज पनि उठिरहेको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्