अमेरिकामा नयाँ आप्रवासन नियम, ११५ जना अबैध आप्रबासी फर्काइयो


 


एजेन्सी । अमेरिकाले आप्रबासनसम्बन्धी नियममा कडाई गरेको छ । राष्ट्रपछि जो बाइडेनले ‘टाइटल ८’ नियम लागू गरेसँगै ११५ जना अवैध आप्रवासीलाई उनीहरूकै देश फर्काइएको छ ।

ग्वाटेमालाको अध्यागमन विभागका अनुसार १ सय ११ जना पुरुष र चार महिलालाई अमेरिकाले निर्वासित गरिदिएको हो । उनीहरू सन् २०२० मा अवैध रूपमा मेक्सिकोको हुँदै अमेरिका प्रवेश गरेका थिए ।

अमेरिकाको नयाँ आप्रवासन नियमअनुसार अब अवैध बाटो हुँदै मेक्सिको पुगेका आप्रवासीहरूलाई अमेरिकामा स्थान नै हुनेछैन ।

नयाँ नियमअनुसार अब अमेरिकामा शरण लिन अनलाइन आवेदन दिनुपर्नेछ । उनीहरूको देशको अवस्था, त्यहाँ उनीहरूलाई खतरा छ कि छैन सबै अनुसन्धान भएपछि मात्र अमेरिकामा शरण दिने प्रक्रिया बढ्नेछ । जुन प्रक्रिया सकिन वर्षौंसम्म लाग्न सक्छ ।

अमेरिकाले भेनेजुएला, हाइटी, निकारगुआ र क्युबाबाट वैध रूपमा विमानमा मेक्सिको पुगेका मानिसहरूलाई मात्र शरण दिनेछ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्