भारत भ्रमणमा नयाँ रेकर्ड राख्छु : प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं, जेठ ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब हुने भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमण हुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अहिले सरकारको काममा जनताको सहयोग प्राप्त भइरहेको बताए । साथै उनले केही शक्तिहरुले सरकारमाथि घेराबन्दीको रणनीति पनि अपनाएको भन्दै त्यसलाई चिरेर अघि बढ्ने बताए । यसका लागि परिवर्तन पक्षधर शक्तिहरू एक हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्