बुद्ध एयरमा मुसा देखिएपछि उडान स्थगित


 


काठमाडौं, जेठ ६ । जनकपुरबाट काठमाडौँतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित भएको छ ।

बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उडान स्थगित भएपछि यात्रु अर्को जहाजमार्फत काठमाडौँतर्फ आइरहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

उनका अनुसार जहाजमा मुसा देखिएपछि चेकजाँच गर्न प्राविधिक टोली जनकपुरतर्फ लागिसकेको छ । उक्त जहाजमार्फत ४९ जना यात्रु काठमाडौँतर्फ आउन लागेका थिए ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्