भारतमा २००० दरका नोट बन्द, यस्तो छ कारण


 


काठमाडौं, जेठ ६ । भारतले यसपटक फेरि २००० दरका नोट बन्द गरेको छ । यो नोट छाप्न सुरु गरेको ६ वर्षपछि रिजर्व बैंकले नोट सर्कुलेसन बन्द गर्ने घोषणा गरेको हो ।

अहिले २००० हजारका नोट तत्काल बन्द गरिएका भने होइनन् । ३० सेप्टेम्बरसम्म बैंकमा फिर्ता लिइने छ ।

आरबीआईका अनुसार दुई हजारका करिब ८९ प्रतिशत नोट २०१७ भन्दा पहिले नै जारी गरिएकाले पुरानो भएको र सर्कुलेशनमा कमी आउनुका कारण यो २००० का नोट बन्द गर्न लागिएको हो ।

सन् २०१८ मा ६.७३ लाख करोड भारतीय रुपैयाँका नोट बजारमा थिए । तर, २०२३ मा आइपुग्दा त्यो संख्या ३.६२ लाख करोडमा आइपुगेको छ । आम रूपमा २००० का नोटको कारोबार निकै कम भइसकेको थियो ।

सन् २०१६ मा नोटबन्दी हुँदा बजारमा नोट सर्कुलेसन कायम राख्न २००० का नोट ल्याइएको थियो । नक्कली नोटको कारोबार बन्द गर्न पनि २००० हजारका नोट बन्द गरिएको समाचारमा उल्लेख छ । असली नोटजस्तै देखिने नक्कली नोट भारतीय अर्थ व्यवस्थाको एक समस्या हो ।

मोदीले यसअघि सन् २०१६ नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै चलनचल्तीमा रहेका ५०० र १००० दरका नोटबन्दीको घोषणा गरेका थिए ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्