आत्मदाह प्रयास गर्ने महिलाको मृत्यु


 


काठमाडौं, जेठ ६ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैंलाई आगो लगाएर गम्भीर घाइते भएकी ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ।

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर घर भएकी श्रेष्ठले शुक्रबार अपराह्न ३ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

आगोले जलेर गम्भीर घाइते भएकी श्रेष्ठको आज बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

श्रेष्ठ चन्द्रागिरि–९ मा श्रीमानसँगै डेरामा बस्दै आएको प्रहरीले जनाएको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्