पूर्वराष्ट्रपति ओबामासहित पाँच सय उच्च पदस्थ अमेरिकीमाथि रुसको प्रतिबन्ध


 


वासिङटन डिसी : रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले यस्तो प्रतिबन्ध लगाएको बताइएको छ ।

रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको सिएनएनले जनाएको छ ।

उनले वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिने बताएका छन् ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्