चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते


 


चितवन, जेठ ६ । चितवनमा गैंडाको आक्रमणबाट आज (शनिबार) थप एक जनाको ज्यान गएको छ । जिल्लाको भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेलको गैंडाको आक्रमणपछि ज्यान गएको हो ।

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार पौडेलमाथि बिहान ११ बजेको समयमा गैँडाले घर नजिकै आक्रमण गरेको हो ।

पौडेलपछि गैंडाको आक्रमणबाट टंकनाथ रेग्मी पनि घाइते भएका छन् । उनी उपचारपछि घर फर्केका छन् । चितवनमा बाघ र गैंडाको आक्रमण बढेको छ । गत साउन यता गैंडाको आक्रमणमा ६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्