भ्रष्टाचारविरुद्ध काठमाडौंमा रक्तदान


 


काठमाडौं । काठमाडौंमा आज (शनिबार) भ्रष्टाचारविरुद्ध रक्तदान कार्यक्रम गरिएको छ ।

युवा अभियानले माइतीघर मण्डलामा भ्रष्टाचारको सांकेतिक विरोध स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

भ्रष्टहरुकै कारण देश डुबेको उल्लेख गर्दै उनीहरुले भ्रष्टहरुलाई कारबाही गर्न घर-घरमै गएर उनीहरुको विरुद्ध प्लेकार्डसहितको प्रर्दशन गर्ने योजनासमेत सार्वजनिक गरेका छन् ।

सरकार र राजनीतिक पार्टीहरुकै संलग्नतामा भ्रष्टाचार बढ्दै भन्दै उनीहरुले ‘भ्रष्टाचार बढ्यो दिनैदिन, जनताको टाउकोमा ऋणैऋण’, ‘देश लुट्न पाइँदैन, भ्रष्टाचारी नेता चाहिँदैन’ लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्