बालिका बलात्कार आरोपमा एक जना पक्राउ


 


वीरगञ्ज, जेठ ६ । बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बारा प्रहरीले जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३ का बिशोरी बैठा धोवीलाई पक्राउ गरेको हो।

पक्राउ परेका धोबीसहित दुई जनाले ०७९ साल कार्तिक १६ गते राति खेतमा शौच गर्न गएका बेला १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ ।

घटनापछि फरार रहेका उनलाई काभ्रे जिल्लामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए।

पक्राउ परेका धोबीलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्