धनगढीकी डाक्टर शाह मृत्यु प्रकरण : एक डाक्टरसहित दुई जना पक्राउ


 


धनगढी, जेठ ६ । धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

मृतक शाहका परिवारले शुक्रबार दुई जनाविरूद्ध किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दा दर्ता गरेर दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर सन्दीप भट्टराई र धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्