थप १४ जनामा कोरोना संक्रमण पुष्टि


 


काठमाडौं, जेठ ६ । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भएको ७९३ नमूना परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यस अवधिमा १३ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोनाका ८० जना सक्रिय संक्रमित पुगेका छन् । यस अवधिमा देशभर एक–एक जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

देशभर अहिलेसम्म कोरोनाबाट १२ हजार ३१ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्