भारतको कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाद्वारा शपथ ग्रहण


 


एजेन्सी- भारतीय कङ्ग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले कर्नाटकको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

यस्तै, उपमुख्यमन्त्रीका रुपमा कङ्ग्रेसका कर्नाटक राज्य अध्यक्ष डीके शिवकुमारले शपथ लिए । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेङ्लोरको कांतिरवा रङ्गशालामा आज (शनिबार) शपथ लिएका बीबीसी हिन्दीले जनाएको छ ।

सिद्धारमैया यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि कर्नाटकको १४औँ मुख्यमन्त्रीका रूपमा रहेका थिए । ग्रामीणस्तरमा निकै मन पराइएका सिद्धारमैयालाई कर्नाटकका अत्यधिक लोकप्रिय नेताका रुपमा चिनिने बीबीसी हिन्दीले जनाएको छ ।

मे १० मा भएको चुनावमा भारतीय जनता पार्टीलाई हराउँदै कर्नाटकमा कङ्ग्रेस पुनः सत्तामा आएको हो । २२४ विधानसभा सिटमध्ये कांग्रेसले १३५ स्थानमा जित हात पारेको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्