नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित ४ जना मुख्य योजनाकार


 


काठमाडौं, जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित चार जना मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा गरिएको ठगीमा रायमाझीसहित ४ जना मिलेर योजना बनाएको भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री ‘बादल’का सल्लाहकार डा. इन्द्रजित राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट पत्ता लागेको छ ।

मोरङ घर भएका सागर राईमार्फत गिरोह बालकृष्ण खाण र तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसम्म पुगेको अनुसन्धानबाट खुलेको छ ।

सो प्रकरणमा संलग्न भएको आरोपमा टोपबहादुर रायमाझी, बालकृष्ण खाण, टेकनारायण पाण्डे र डा. इन्द्रजित राईसहित १६ पक्राउ परेका छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्