नीति तथा कार्यक्रमले देशका प्राथमिकतालाई छोडेको छ : ओली


 


काठमाडौं, जेठ ७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशका प्राथमिकतालाई छोडेको बताएका छन् ।

सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम विगतसँग जोडिन नसकेको भन्दै देशका प्राथमिकतालाई नै नीति तथा कार्यक्रमले छोडेको बताए ।

उनले विगतमा थालिएका राम्रा कामको निरन्तरता यो सरकारको जिम्मेवारी नभएकोसमेत बताए । संकटमा परेको अर्थतन्त्र उकास्नु यो सरकारको जिम्मेवारी हुनुपर्ने उनको भनाइ छ ।

उनले देशका समस्या लुकाएर सरकार बेखबर जस्तो देखिएको आरोप लगाए ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्