सुनको मूल्य घट्यो, कति छ बजार भाउ ?


 


काठमाडौं, जेठ ९ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्