बझाङ हिमपहिरो अपडेट : बेपत्ता तीनै जना मृत भेटिए


 


बझाङ, जेठ ९ । बझाङको सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका तीनै जना मृत भेटिएका छन् ।

हिमपहिरोमा पुरिएका सुर्मा गाउँपालिका ३, काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहरा, जयपृथ्वी ननगरपालिका ११, मयानाकी १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो ११ बजेतिर आएको हिमपहिरोमा उनीहरू पुरिएका थिए । हिमपहिरोमा परेर रामकोइलाका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी ननगरपालिका ११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएका थिए । उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

सदरमुकामबाट गएको प्रहरीको टोली र स्थानीयले यार्चा संकलन क्षेत्रबाट शवहरू सदरमुकाम ल्याइसकेको र जिल्ला अस्पतालमा पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रमेश अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्