सुहाङलाई ५ हजारभन्दा बढी मतको अग्रता


 


काठमाडौँ, वैशाख १७ । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङले पाँच हजार भन्दा बढी मतको अग्रता लिएका छन् ।

३५ हजार ६११ मत गन्दा नेकपा नेम्वाङले १४ हजार ६१३ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ९ हजार ३११ मत ल्याएका छन् । यो ५ हजार ३०२ मतको अन्तर हो ।

यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रले ८ हजार ५७० मत ल्याएका छन् । चौथोमा रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ५७ मत ल्याएका छन् ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्